Birat Post सोमबार, चैत्र ०६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,६ चैत ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवको चार दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् । उनले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग भोली (मंगलबार) बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अव आराम ढंगले सरकारले काम गर्ने दावी समेत गरे । उनले भने, ‘अव आज विश्वासको मत प्राप्त भईसकेपछि भोली विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमती भएको छ । सबैसँग बसेर २/४ दिन भित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ ।’

उनले आफ्नो भारत भ्रमण चैत्रको अन्तिम हप्ता वा बैशाख पहिलो हप्ता भित्र हुन सक्ने पनि बताए ।  गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले तीन महिना पुग्दा नपुग्दै दोस्रो पटक विश्वासको मत लिएका हुन् । प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाएका छन् भने ८९ सांसदले प्रस्तावको विपक्षमा मत दिए । साथै २६२ सांसदले भाग लिएकाे मतदानमा १ जनाले भने मत दिएनन् ।

-केन्द्रविन्दु बाट

सम्बन्धित

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

 सम्पादन मण्डल 

यशाेदा सिग्देल

स्वस्तिका पाेखरेल

संंवाददाता
रोशिका अधिकारी

सुजन निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल