Birat Post मंगलबार, चैत्र ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौँ,७ चैत । मधेसी आयोगले आफ्नो चौथो स्थापना दिवस मनाएको छ। संवैधानिक निकायका पदाधिकारी, आयोगका निवर्तमान कर्मचारीहरू, विभिन्न सामाजिक संस्थाहरूका प्रतिनिधि तथा नागरिक समाजका अगुवाको उपस्थितिमा आयोगले मंगलबार एक विशेष समारोह आयोजना गरी आफ्नो चौंथो वार्षिकोत्सव मनाएको हो।

आयोगले हरेक वर्ष चैत्र ७ गतेको दिन आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ। स्थापना दिवसको अवसरमा आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले मधेसी समुदायको समस्यालाई समाधान गर्न स्थापना भएको यो संवैधानिक निकायलाई भौतिक तथा आर्थिक रूपमा कमजोर बनाएको बताएका छन्।

प्रेस विज्ञप्तिमा आयोगले प्राप्त गरेको न्यून स्रोतसाधनलाई नै उपयोग गरी मधेशी समुदायको थर सूचीकरण, मधेस प्रोफाइल निर्माण, मधेसी समुदायको राज्यमा पहुँचसम्बन्धी अध्ययन, लोकसेवा तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम, जनचेतनामूलक कार्यक्रमहरूजस्ता महत्त्वपूर्ण कार्यहरू गरेको उल्लेख गरिएको छ।

आयोगका अध्यक्ष डा।विजयकुमार दत्तले आयोगमा प्राप्त संवेदनशील घटनाहरूको उजुरी प्रति आफू गम्भीर रहेको बताउँदै आफैं स्थलगत अनुगमनमा गएर समस्या समाधानको लागि पहल गरेको बताएका छन्। अध्यक्ष डा.दत्तले सरकारको मधेसी र मधेसी आयोगप्रति रहेको अष्टबक्र दृष्टि नहटेसम्म मधेसी समुदायको सशक्तिकरण नहुने पनि बताए।

सम्बन्धित

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

 सम्पादन मण्डल 

यशाेदा सिग्देल

स्वस्तिका पाेखरेल

संंवाददाता
रोशिका अधिकारी

सुजन निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल