Birat Post आइतबार, चैत्र १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१२ चैत । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताएका छन् । आईतवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताएका हुन् । उनले गठबन्धन दलका नेताहरुका बीचमा छलफल भइरहेको भएपनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुंगो नलागेको बताए ।

उनले नेपाली कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको बताए । उनले भने, ‘गठबन्धन दलका नेताहरुसँग पनि छलफल भइराखेको छ । अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालयमा सहभागि हुने भन्ने कुरा टुंगो लागेको छैन । नेपाली काँग्रेस पार्टीको तर्फबाट औपचारिक रुपमा को–को जाने, कसले नेतृत्व गर्ने भन्ने बारेमा औपचारिक निर्णय भइसकेको छैन ।’

उपसभापति खड्काले आगामी ३ दिन भित्रमा सरकारले पूर्णता पाउने बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलहरुसँग संवाद गरिरहेको भन्दै ३ दिनभित्रमा सरकारले पूर्णता पाउने उनले बताए ।

उपसभापति खड्काले हालसम्म भइरहेको छलफलमा सरकार बिस्तारको सम्बन्धमा कसैको असहमति नभएको उल्लेख गरे । सबैको सहभागिता र उचित प्रतिनिधित्व हुनेगरी सबैको सहमतिमा सरकारलाई पूर्णता दिइने उनको भनाई छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल