Birat Post सोमबार, चैत्र १३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

एएनआई,१३ भारत । भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सोमबार पश्चिम बङ्गालको दुई दिने भ्रमणका लागि प्रस्थान गरेकी छन् ।

देशको राष्ट्रपतिको रूपमा शपथ लिएपछि मुर्मूको यो पहिलो राज्य भ्रमण हुनेछ । राष्ट्रपति मुर्मूले आफ्नो भ्रमणका क्रममा २७ मार्च (सोमबार) मा भारतीय नेताजी सुभाषचन्द्र बोसप्रति श्रद्धाञ्जलि अर्पण गर्न कलकत्तास्थित नेताजी भवन जाने कार्यक्रम रहेको छ ।

त्यसपछि उनी जोरासांको ठाकुरबारीस्थित रवीन्द्रनाथ टैगोरको घरमा गएर टैगोरप्रति श्रद्धाञ्जलि अर्पण गर्नेछिन् । राष्ट्रपति मुर्मू सोही साँझ कोलकाताको नेताजी इन्डोर रङ्गशालामा आफ्नो सम्मानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछिन् भने २८ मार्च (मंगलबार) मा राष्ट्रपति मुर्मूले बेलुर मठको भ्रमण गर्नेछिन् ।

उनी कलकत्ता यूको बैंकको ८० वर्ष पूरा भएको उत्सवमा गरिने एक कार्यक्रममा पनि सहभागी हुनेछिन् । त्यसपछि उनले शान्तिनिकेतनको भ्रमण गर्नेछिन् भने विश्वभारतीको वार्षिक दीक्षान्त समारोहमा सहभागी हुनेछिन् ।

यसअघि, मार्च १९ मा राष्ट्रपति मुर्मूले तमिलनाडुको कन्याकुमारी जिल्लामा रहेको विवेकानन्द रक स्मारकको भ्रमण गर्नुभएको थियो । त्यसैगरी, अघि मार्च १६ देखि मार्च २१ सम्म राष्ट्रपति मुर्मू केरला, तमिलनाडु र लक्षद्वीपको एक हप्ताको भ्रमणमा थिइन् ।

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल