Birat Post सोमबार, चैत्र २०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २० चैत ।
टाउको खोलेर गरिएको शल्यक्रिया सफल भए संगै कोशी अस्पतालका चिकित्सक उत्साहित देखिएका छन् । कोशीमा पहिलो पटक टाउकाको शल्यक्रिया भएको हो ।

अस्पतालका न्यूरो सर्जन डा. चन्द्र प्रकाश यादवको नेतृत्वको टिमले मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मतिष्कमा गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न सफल भएको हो ।

राजभारको मतिष्कमा दुई हप्तादेखि गाढिएको हड्टी ढेड घण्टा शल्यक्रिया गरी निकाल्न सफल भएको अस्पतालले जनाएको छ । राजभार खेल्ने क्रममा दुई हप्ता अगाडी टाउकोमा बाँसको भाटाले लागेर गम्भिर चोट लागेको थियो ।

आर्थिक अवस्था नाजुक रहेको राजभार परिवारले उपचार गर्ने खर्च नभएपछि झण्डै एक हप्ता घरमै बलवीरलाई राखेका थिए । उपचार गर्ने खर्च नभएको कारण थाहाँ भए संगै डाक्टर यादव संगको परामर्शमा अस्पताल प्रशासनले नि:शुल्क शल्यक्रिया र उपचार गरेको थियो । अप्रेसन सफल भएकोमा डा.यादव खुसी देखिएका छन् ।

सोमबार कोशी अस्पतालका निमिक्त प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट रविन राज सिंह सहितको टोलिले बिरामी बलवीर राजभारकोको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएको छ ।

उनको स्वास्थ्य राम्रो रहेको भन्दै सुपरिन्टेण्डेन्ट सिंहले न्यूरो सर्जरीका विषयमा सफलता हासिल गरेकोमा खुसी व्यक्त गरे । अस्पताल सुधारका काममा लागेका सिंह हरेक बिरामीको उपचारका लागि आवश्यक प्रविधि भित्राउन आफु लागिरहेको बताउछन् ।

सम्बन्धित

ताजा अपडेट
विराट गोल्डकप : पुलिसलाई हराउँदै भुटानको आरटिएफसी क्लब क्वाटर फाइनलमा
दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि ,उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै
डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल