Birat Post आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ बैशाख /

कोशी प्रदेशको राजधानी विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा आइतबार भएको विशेष समारोहमा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । विराटनगर महानगरपालिका कोशी प्रदेशमा रहेका स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको छ । विराटनगर महानगरपालिकामा १७ हजार ५०२ बालबालिकाहरुलाई खोप लगाइसकिएको छ । १७ हजार ५०२ बालबालिकाहरुमध्ये १ हजार ५९२ जना बालबालिकाहरु पूर्ण खोप लगाउनबाट छुटेका थिए । उनीहरुलाई घरघरमै पुगेर स्वास्थ्यकर्मीहरुले खोप लगाइसकेपछि मात्रै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

जिल्ला समन्व्य समिति मोरङका अध्यक्ष अजम्बर राईले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्दै मेयर नागेश कोइराला, उपमेयर शिल्ला निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई प्रमाणपत्र प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको बताए । विराटनगर प्रदेशको राजधानी र कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले पूर्ण खोप सुनिश्चितता भएको पालिका हुनु गौरवको विषय भएको चर्चा गरे ।

“आज विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको छ,” उनले भने, “प्रदेशको राजधानी पनि यहीं भएकाले राम्रा कामको केही प्रतिशत जस हामीलाई पनि आउँछ । विराटनगरको विकासका लागि प्रदेश सरकारले सधैं सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।” डिजिटलाइज गरेर नयाँ जन्मिने बालबालिकाहरुको अभिलेख राख्नुपर्नेमा उनले सुझाव दिए । मेयर नागेश कोइरालाले सबैको साथ र सहयोगले नै विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्न सफल भएको बताए । कार्यक्रममा कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बू, संघीय सरकारका स्वास्थ्य सचिव डा. रोशन पोखरेल, जिल्ला समन्व्य समिति मोरङका अध्यक्ष अजम्बर राई, विराटनगर महानगरपालिकाकाकी उपमेयर शिल्ला निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सुनसरीको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, बर्जु गाउँपालिकाका अध्यक्ष जिवछकुमार रायलगायतले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे ।

जन्मिएको १५ महिनाभित्र ७ पटकसम्म १३ प्रकारको खोप बालबालिकालाई अगाइसकेपछि मात्रै खोपको मात्रा पूरा हुने गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए । कार्यक्रममा विराटनगर वडा नम्बर १ का काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, ६ का हरिशचन्द्र सहनी, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, ९ का विश्वनाथ भगत, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र नेउपाने, १२ का हिरालाल कामत, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धव भुजेल, १७ का समिम कमर मिया, १८ का जितेन्द्रकुमार साह र १९ का श्याम घिमिरेलाई मेयर कोइराला र उपमेयर कार्कीले पूर्ण खोप सुनिश्चितता वडा भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
विराट गोल्डकप : पुलिसलाई हराउँदै भुटानको आरटिएफसी क्लब क्वाटर फाइनलमा
दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि ,उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै
डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल