Birat Post शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अयोग्य लडाकुलाई रकम वितरणको तयारी र राष्ट्रपति रामचन्द्र पौडेलको सरकारी खर्चबाट विदेशी उपचार सत्ता दुरुपयोगको चरम नमूना भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले देशको राजश्वले चालु खर्च समेत धान्न नसकिरहेको अवस्थामा राष्ट्रपतिको उपचार महंगो भएको बताएका हुन् ।

उनले भने, ‘निर्माण व्यवसायीलाई ८० अर्ब राज्यले तिर्न सकेको छैन । राजश्वले चालु खर्च धान्न नसकेको अवस्था छ । यस्तोमा अस्वभाविक ढंगको राष्ट्रपतिको वैदेशिक उपचार यात्रा र अयोग्य लडाकुलाई रकम वितरणको तयारी सत्ता दुरुपयोगको चरम नमूना हो ।’

अध्यक्ष लिङ्देनले अयोग्य लडाकुलाई पैसाको साटो स्वास्थ्य उपचारमा सुविधा, सीप र रोजगारी दिन सरकारलाई सल्लाह दिए । आफूले अहिलेसम्म राज्यबाट कुनै उपचार खर्च नलिएको र भविष्यमा पनि आमनागरिकले भन्दा फरक स्वास्थ्य उपचारको सुविधा सरकारबाट नलिने उनले घोषणा गरे ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल