Birat Post मंगलबार, बैशाख १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ,१९ बैशाख । चालु आर्थिक वर्ष २०७९-८० मा मुलुकको अर्थतन्त्रको आकार झण्डै ५४ खर्ब पुग्ने भएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको २०७९-८० को राष्ट्रिय लेखा विवरणअनुसार अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने भएको हो । चालु आर्थिक वर्ष २०७९-८० मा मुलुकको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत मात्र कायम हुने अनुमान गरेको छ ।

सरकारले चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । तर, मंगलबार तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । उपभोक्ता मूल्यमा १ दशमलव ८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ ।

कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव रामप्रसाद थपलियाले आगामी दिनमा अन्तराष्ट्रिय मूल्य मान्यतालाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले भने, ‘नेपाल सरकारलाई उपलव्ध आँकडा अनुसार वजेट तर्जुमा गर्नको लागि र समग्र आर्थिक क्रियाकलालप सञ्चालन गर्न मितव्ययिता र खर्चमा पनि बढोत्तरी गर्न आवश्यक छ ।’

यस्तै, तथ्यांक कार्यालयका प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय वार्षिककक १ हजार ३ सय ९९ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ बराबर पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल