Birat Post बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौँ ,२१ बैशाख । विश्व हिन्दू महासंघले विधिसम्मत रूपमा महासभा बोलाउने प्रतिबद्धता व्यक्त गरेको छ। विधिसम्मत रूपमा महासंघको अध्यक्ष अस्मिता भण्डारीलाई चयन गरिसकेपछि अर्को समूहले अर्कै व्यक्तिलाई अध्यक्ष घोषणा गरेको र त्यो कानुनविपरीत भएकाले अध्यक्ष भण्डारी नेतृत्वको कार्यकारिणी समितिले बोलाएको बैठकमा उपस्थित हुन महासंघका सदस्यहरूलाई आग्रह गरेको छ।

काठमाडौँमा बुधवार पत्रकार सम्मेलन गर्दै महासंघका महासचिव उत्तमराज भण्डारीले विश्व हिन्दू महासंघको महासभाले अस्मिता भण्डारीलाई अध्यक्ष चुनेको र अध्यक्ष भण्डारीकै नेतृत्वको कार्यकारिणी समितिले महासंघको महासभा बोलाउने भएको भ्रममा नपर्न आग्रह गरे।

उनले संस्थाको तर्फबाट अनधिकृत रूपमा महासभा बोलाएको र संस्थामा आफ्नो स्वार्थपूर्तिका लागि नेतृत्व छनोट गर्नेजस्ता काम पाटन उच्च अदालतले रोकिदिएको भन्दै अब विधिसम्मत रूपबाट अघि बढ्न आग्रह गरे।

त्यस्तै, विश्व हिन्दू महासंघकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले विश्व हिन्दू महासंघ पक्ष/विपक्षमा उभिनु नराम्रो भएको भन्दै सबै एक भएर अघि बढ्नुपर्ने बताइन्।

उनले बाध्यात्मक परिस्थितिका कारण सञ्चारकर्मीमाझ महासंघबारे यथार्थ बुझाउनुपरेको बताइन्। उनले महासंघले अन्तर्राष्ट्रिय संघ, संस्थासँग समेत परामर्श गरी विधानबमोजिम कार्यकारिणी समितिबाट महासभा बोलाउने स्पष्ट पारिन्।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल