Birat Post शनिबार, बैशाख २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ बैशाख ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले नेपाली कांग्रेसको विगत र वर्तमान पनि राम्रो रहेकाले पार्टीका नेता,कार्यकर्ता र शुभेच्छुकहरुलाई निराश नहुन आग्रह गरेका छन् ।
नेपाली कांग्रेस विराटनगर- ४ द्धारा शनिबार आयोजित वडा सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । पराजुलीले पार्टीमा समाजीकरणको आवश्यकता रहेको र अव जनताको सुख दु:खमा काम गरेर अगाडि बढ्नु पर्ने बताए । गुटका कुरा गरेर समय फ्याल्ने छुट अव कसैलाई छैन ,पराजुलीले भने “त्यसले कांग्रेसलाई बनाउने भन्दा भत्काउने काम गरिरहेको छ ,अव त्यसो गर्न हुदैन । भेला ,सम्मेलन संगै जनताका कुरा सुनौ र सोही अनुरुप काम गरौं ।”

कार्यक्रममा सहभागीहरुले राष्ट्रिय राजनीतिमा देखिएको गुट परस्त ब्यवहारले ब्यहोर्नु परेको हारको परिणाम , चासो तथा गुनासा साथै भविष्यमा आउने जोखिमका विषयमा जिज्ञासा प्रकट गरेका थिए । गुनासा संवोधन गर्दै पराजुलीले लोकतन्त्र ,प्रजातन्त्रका लागि अधितम लडेको वडा भएको र अझै कांग्रेसलाई मजवुत वनाउन समय अनुरुप ढाल्नुपर्नेमा जोड दिएका थिए ।

वडा.न.३ का कार्यवहाक सभापति प्रदिप घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथीहरु पूर्व सांसद दिलिप गच्छदार,शिव वहादुर वस्नेत , कांग्रेस नेता रामकृष्ण भट्टराई लगायतले आ-आफ्ना धारणा राखेका थिए ।  कार्यक्रम सञ्चालन वडा सचिव आशिस ओझाले गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल