Birat Post आइतबार, बैशाख २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले स्वदेशी उत्पादन वृद्धि नहुँदा मुलुक परनिर्भर बन्दै गएको बताएका छन् ।

नेपाल व्यवसाय शिखर सम्मेलनमा प्रधानमन्त्री दाहालले स्वदेशी उत्पादन नहुने र उपभोगको संस्कृतिले प्रश्रय पाउँदा मुलकु परनिर्भरतातर्फ उन्मुख भएको बताए। स्वदेशी उत्पादन बढाई रोजगारी सिजना गर्न सरकारसँगै बैंक तथा वित्तीय संस्थाबीच सहकार्य हुनु पर्ने सम्मेलनमा प्रधानमन्त्री दाहालले बताए ।

सम्मेलनमा उनले भने,‘ स्वदेशी उत्पादनमा वृद्धि नहुँदा र उपभोगको संस्कृतिले प्रश्रय पाइरहँदा मूलुक परनिर्भरतातर्फ उन्मुख हुँदै गरेको हो कि भन्ने आभास भइरहेको अवस्थामा अब नेपाल सरकार र बैंक तथा वित्तीय संस्था लगायत समग्र निजी क्षेत्रको सहकार्यमा उत्पादन अभिवृद्धि, रोजगारीका अवसरहरूको सिर्जना, लगानी बिस्तार, उद्यमशीलताको विकास एवं बिस्तारमा जोडतोडका साथ लाग्नुपर्ने देखिएको छ ।’

अर्थतन्त्रको मेरुदण्ड बैंक तथा वित्तीय संस्था भएको हुँदा उत्पादनमुलक र निर्यातमुलक क्षेत्रमा लगानी विस्तार गरिनुपर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । केही समयएता बैंक तथा वित्तीय क्षेत्रमा समस्या देखा परेको र समाधानका लागि सरकारले आवश्यक कदम उठाइसकेको उनको भनाई छ ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल