Birat Post शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२९ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न सबै माथि छानविन गरि कारवाही गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

राप्रपाले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन संगठितरुपमा राज्यशक्तिको दुरुपयोग गरेको घटनाले नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा शीर निहुर्याउनु पर्ने परिस्थिति सृजना गरेको बताएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शरणार्थी प्रकरणमा राष्ट्रघाती र देशद्रोही काम गरेर आफ्ना नागरिकलाई नै बेच्ने कार्यमा सरिक जुनसुकै तहका नेतृत्वलाई कुनै वहानामा पनि छुट दिन नहुने बताए ।

उनले भने, ‘वहालवाला सचिव र तत्कालीन गृहमन्त्रीको गिरफ्तारीले केही आशा जगाएको भएपनि विगतका ठूलठूला भ्रष्टाचार काण्डहरू समयक्रमसंगै सेलाएर जानुका साथै ठूलाहरू खासगरी राजनैतिक नेतृत्वले घुमीफिरी उन्मुक्ति पाउने नजिरका कारण पूर्णरूपमा आश्वस्त हुनसक्ने अवस्था सिर्जना भईसकेको छैन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई कुनैपनि बहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिशको विरुद्ध रहने पनि प्रधानमन्त्री दाहाललाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । अहिलेको छानविन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र यस प्रकरणमा संलग्न जोसुकैलाई कारवाहीको दायरामा ल्याउन पनि राप्रपाको माग छ ।

सम्बन्धित

ताजा अपडेट
महानगरद्वारा ज्येष्ठ नागरिक, अपांग र सुत्केरीका लागि नि:शुल्क एम्बुलेन्स सेवा सुरु
मैत्रीपूर्ण भलिबल प्रतियोगिताको जितले टिमलाई ऊर्जा प्राप्त भएको छ : घमाल
सुदूरपश्चिम प्रदेशमा गयो दुई ठूला भूकम्प, क्षतीको विवरण आउन वाकी

लोकप्रिय

सम्पर्क

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल