Birat Post शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२९ बैशाख । यस वर्ष बैंक तथा वित्तीय क्षेत्र गत वर्षको तुलनामा सुधारोन्मुख भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ५५ अर्ब ८९ करोडले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ३६ अर्ब २३ करोडले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११ दशमलव शून्य प्रतिशतले बढेको छ ।

२०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ८ दशमलव शून्य प्रतिशत, २५ दशमलव ७ प्रतिशत र ६० दशमलव १ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८ दशमलव ७ प्रतिशत, २८ दशमलव ७ प्रतिशत र ५६ दशमलव १ प्रतिशत रहेको थियो ।

२०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव ३ प्रतिशत रहेको छ । २०७८ चैत मसान्तमा यस्तो निक्षेपको अंश ३८ दशमलव ६ प्रतिशत रहेको थियो । कर्जा प्रवाह  समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ दशमलव ५ प्रतिशतले  बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कजा १३ दशलव ५ प्रतिशतले बढेको थियो । संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३ दशमलव २ प्रतिशतले बढेको छ । २०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव १ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव ७ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव ३ प्रतिशत र ३७ दशमलव १ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३ दशमलव ४ प्रतिशतले, विकास बैंकहरुको ४ दशमलव ७ प्रतिशतले र वित्त कम्पनीहरुको १ दशमलव १ प्रतिशतले बढेको छ ।

२०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२ दशमलव २ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७ दशमलव ५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल