Birat Post शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३० बैशाख ।
निर्माण कार्य गुणस्तरीयताको माग राख्दै हाइटेन्सन लाइन प्रशार भएको पोलमा चढेका मोरङ बुढीगंगाका युवा दिनेशकुमार माझी ११ घण्टापछि पोलबाट ओर्लिएका छन् । अध्यक्ष र उपाध्यक्ष सहित गाउँपालिकाका जनप्रतिनिधिहरुले उनको माग सम्बोधन गर्ने र भ्रष्टाचार हुन नदिने प्रतिबद्धता जनाएपछि पोलबाट ओर्लिएका छन् ।

बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी सडक निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न र भइरहेको भ्रष्टाचार रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका थिए । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरेको भन्दै आत्मदाह गर्ने चेतावनी दिएका कारण उनको उद्दार गर्न कठिन भएको थियो ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षले उक्त स्थानमा पुगेर माग सम्बोधन गरेपछि माझी पोलबाट ओर्लिएका छन् । उनले माग संवोधन नभएको भए आत्मदाह गर्ने थिए भनेर आफ्नो प्रतिक्रिया दिएका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
नेपाल नर्सिङ संघ मोरङमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित
वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू
सास्थम कलेज विराटनगरद्वारा विएचएम र विविएका विद्यार्थीहरुको बिदाई 

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल