Birat Post मंगलबार, जेठ ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२ जेठ । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीमाथिको जन्मकैद सजायको फैसलालाई सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी चौधरीलाई जन्मकैदको सजाय दिने उच्च अदालत दिपायलको फैसलालाई नै सदर गरेको हो ।

२०७२ साल भदौमा कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकारका रुपमा चौधरी पक्राउ परेका थिए । त्यसपछि उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो । सो फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

चौधरी अहिले डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन्। यो मुद्दामा जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेका लक्ष्मण चौधरीलाई पनि उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेको थियो । सर्वोच्चले उनलाई भने जन्मकैद नहुने र जिल्ला अदालतकै फैसला सदर हुने ठहर गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
सांकेतिक भाषा दिवस तथा बहिरा सप्ताहमा विराटनगरमा निकालिएको जनचेतनामूलक र्‍याली (फोटो सहित )
विराटनगरमा सांकेतिक भाषा दिवस तथा अन्तराष्ट्रिय बहिरा सप्ताह मनाइदै, उपमेयर कार्कीले भनिन् “बौद्धिक अपाङताको क्षेत्रमा लगानी गर्छौ”
शिक्षक र सरकारबीच ७ बुँदे सहमति,आन्दोलन फिर्ता

लोकप्रिय

सम्पर्क

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल