विराटनगर,१३ जेठ ।
नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । युनियन कोशी प्रदेश र मोरङ जिल्ला कार्यसमितिले सम्युक्तरुपमा विराटनगर स्थित बरगाच्छी चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो ।
लोकतन्त्रवादी पत्रकारको छाता संस्थाकोरुपमा स्थापित युनियनको दीप प्रज्वलन कार्यक्रममा अग्रज पत्रकारहरु शंकर खरेल,अनन्तराज न्यौपाने,शेखर रेग्मी,लिलावल्लभ घिमिरे ,प्रेस युनियनका उपमहासचिव अभय राई,युनियन कोशी प्रदेशका मीनकुमार नवोदित श्रेष्ठ,युनियन मोरङका कार्यवाहक अध्यक्ष कौशल निरौला लगायतको सहभागिता रहेको थियो ।
वि.स. २०४८ सालमा स्थापना भएर लोकतन्त्र,प्रजातन्त्रको पैरवी गर्ने पत्रकारको संगठन नेपाल प्रेस युनियनलाई एकतावद्ध भएर अगाडि बढाउनपर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।