काठमान्डौं,१५ जेठ । सरकारले सांसद विकास कोष व्युँताएको छ । आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका हुन् । यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।