काठमाडौँ,१९ जेठ । नेपालको इतिहासवाट राजसंस्था अन्त्य गर्न अदृष्य शक्तिले चालेको दरबार हत्याकाण्ड शुक्रबार (आज) २२ वर्ष पूरा भएको छ। रहश्यमय भनिएको यो घटना घटेको आज २२ वर्ष बितेको छ ।
२०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो।
हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो।
घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन्।
हत्याकाण्ड भएको स्थानमा नारायणहिटी दरबारलाई अहिले सङ्ग्रहालयमा परिणत गरिएको छ। दरबार हत्या काण्ड र पछिल्ला राजनैतिक घटनाक्रमले देश कता जादै छ भन्ने कुरा आम जनताले बुझ्दै गएका पनि छन् ।