Birat Post सोमबार, जेठ २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २२ जेठ ।
विभिन्न उद्योग प्रतिष्ठानहरुमा कार्यरत प्राविधिक कामदारहरुका लागि उद्योग संगठन मोरङले इन्स्योर परियोजनाको सहकार्यमा संचालन गरेको चौविस दिने लेथ मेशिन सेटर तालिम सम्पन्न गरेको छ ।

विभिन्न उद्योग प्रतिष्ठानका पन्ध्र जना प्राविधिकहरुको सहभागिता रहेको तालिममा  प्रमाण पत्र वितरण गर्दै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत पेशाकर्मीहरुको ज्ञान र सीप अभिवृद्धि गरी हाल गर्दे आएको कार्यलाई थप परिस्कृत रुपमा गर्ने जनशक्तिका रुपमा तयार गर्न उद्योग संगठन मोरङले यस प्रकारको तालिम संचालन गरेको वताए । उनले प्रत्येक तालिमलाई कर्मचारीहरुले जिवनपर्यत्न्त सिकाईको प्रक्रियाका रुपमा लिई आफनो कार्यसम्पादन क्षमतामा सुधार गर्न अनुरोध गरे ।

तालिमका प्रशिक्षक जयप्रकाश विश्वासले चौविस दिने तालिममा टर्निङ, फेशिङ, कटिङ, वनोट निर्धारण लगायतका विषयमा शिक्षा प्रदान गरिएको वताउदै तालिमले लेथ सेटर अपरेटरमा कार्यरत अर्धदक्ष कामदारहरुलाई थप सीप र दक्ष्ँता प्रदान गरी स्तरोन्नती गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

वकर्स फरदर ट्रेनिङ अन्तर्गत  उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिहरुका लागि संचालन गरिएको लेथ सेटर अपरेटर तालिमकासहभागिहरुलाई लेथ सेटर अपरेशन र यसका कम्पोनेन्टहरु, उपकरण संचालन विधि, प्राविधिक खराबीलाई सुधार गर्नुपर्ने पक्ष , मेशिन संचालन गर्दा अपनाउनु पर्ने सुरक्षा व्यवस्था लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक विधिहरु सिकाईएको थियो ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल