Birat Post सोमबार, जेठ २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२२ जेठ । नेपाल वनस्पती घिउ–तेल उत्पादक संघले वनस्पति घिउ–तेलमा लगाएको भन्सार शुल्क घटाउन माग गरेको छ । वनस्पति घ्यू तेल उत्पादन संघले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेटमा वनस्पति घिउ–तेलको उत्पादन उद्योगीहरूलाई एक प्रतिशत रहेको भन्सार महसुल दरलाई १० प्रतिशत कायम गरेपछि उद्योगीहरूले विरोध जनाउदै आइरहेका छन् ।

कार्यक्रममा नेपाल वनस्पति घ्यु तेल उद्योग उत्पादक संघका अध्यक्ष विकास दुगडले भन्सार महशुल बढाउने सरकारको नीतिले २६ उद्योग बन्द हुने अवस्था सिर्जना भएको बताएका छन् । भारतबाट चोरी तस्करी भएर खानेतेल भित्रीएको अवस्थामा १ प्रतिशत रहेको भन्सार महशुललाई बजेटले १० प्रतिशत बनाएकाले नेपाली उद्योगले महँगो भन्सार तिरेर तस्करीको तेलसँग प्रतिस्पर्धा गर्न नसक्ने दुगडले बताए ।

यस्तै, नेपाल परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले देशमा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने घ्यु तेल उद्योगलाई संरक्षण गर्ने गरि भन्सार महशुल घट्नु पर्ने माग गरेका छन् ।

हाल स्वदेशी लगानीका २६ वटा वनस्पति घ्यू तेल उद्योगहरू सञ्चालनमा छन् । जसको सञ्चालित भएको औषत वर्ष २५ वर्ष नाघेको छ । यी उद्योगहरूमा एक अर्ब रुपैयाँ लगानी रहेको छ भने १५ हजार जनाले रोजगारी पाएका छन् ।

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघका अनुसार भारत सरकारले २०७९ जेठ १० गतेबाट उच्च महँगीको चापबाट उपभोक्ताहरूलाई राहत दिनका लागी खाने तेलको भन्सार महसुल शुन्य प्रतिशत र जिएसटी ५ प्रतिशत मात्र कायम गरेको छ । जबकि नेपालमा कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर १३ प्रतिशत गरी सरदर २५ प्रतिशत लागी आएको हुँदा यसवाट स्वदेशी उद्योगहरूको उत्पादन लागतमा वृद्धि हुन गएको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल