Birat Post सोमबार, जेठ २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ जेठ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हरेक घरमा वृक्षारोपण गर्न आग्रह गरेका छन् ।
५० औं विश्व वातावरण दिवसका अवसरमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र विराटनगर र विभिन्न संस्थाको सहकार्यमा विराटनगर महानगरपालिकाको वातावरण शाखाले आयोजना गरेको छुट्टटाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले वनजंगल मासिँदै जाँदा वातावरणमा गम्भीर असर परेको बताए ।

उनले दिवसमा मात्रै नभएर वातावरण संरक्षणमा अन्य समयमा पनि लाग्नुपर्नेमा जोड दिए । “सहरी क्षेत्रमा पनि हरेक घरमा केही न केही जग्गा खाली हुन्छ, जति जग्गा छ त्यहाँ विरुवा रोपौं,” उनले भने, “यदि ठाउँ छैन भने घरको छतमा भए पनि ठूला नहुने विरुवा रोपौं । यसले पनि महानगरलाई हरियाली बनाउन सहयोग पुग्छ ।” मेयर कोइरालाले जलवायु परिवर्तनका कारण मानवजीवनसँगै जीवजन्तु र पशुपंक्षीमा समेत गम्भीर असर पर्न थालेको उनले उल्लेख गरे ।

“अहिलेको जुन जलवायु परिवर्तनको समस्या छ । यो हाम्रो जस्तो देश र हामीले गरेर रोक्न सकिँदैन,” उनले भने , “तर हामीले वृक्षारोपण गरेर, वनजंगल जोगाएर हरियाली बनाउन सक्छौं ।” ‘एक घर एक रुख’को नीतिलाई महानगरले कडाइका साथ लागू गर्ने उनले प्रतिबद्धता जनाए ।

ब्रम्ह्राकुमारी राजयोग सेवा केन्द्रकी सञ्चालिका गीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा भारतको गड्डीउड स्टुडियोका नेपाली र बंगाली भाषा विभागका प्रमुख चित्तरञ्जन भाइ, स्नातकोत्तर क्याम्पस विराटनगरका प्राणी विभागका उपप्राध्यापक रामचन्द्र अधिकारी, महेन्द्र मोरङ क्याम्पस विराटनगरका रासायन विभागका प्रमुख प्रा.डा. अजय भट्टराई, राजयोग प्रशिक्षक तुलसी उप्रेती, विनोद भाइ , विराटनगर वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराट गोल्डकप : पुलिसलाई हराउँदै भुटानको आरटिएफसी क्लब क्वाटर फाइनलमा
दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि ,उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै
डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल