Birat Post सोमबार, आषाढ ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,४ असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको नेतृत्व गर्ने नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ट्रेड युनियन कांग्रेसको ७औंँ महाधिवेशनमा नेता सिटौलाले नेताहरुमा राष्ट्र र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हावी भएकाले संविधान कार्यान्वयनमा समस्या देखिएको बताएका हुन् ।

उनले भने, ‘देशमा आम जनताले चाहेको जस्तो देश बनाउने जे सपना बोकेका थिए । त्यो चाहे जस्तो बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सक्नुपर्छ । नेताहरुले पार्टी र राष्ट्रको स्वार्थ भन्दा व्यक्तिको निजी स्वार्थ हाबी भयो । नेपाली कांग्रेस लगायत सबै पार्टी, सरकार, संसद तथा संवैधानिक निकायहरुमा समेत व्यक्तिगत स्वार्थ हावी भएको छ । यस्तो भएपछि कसरी संविधानको सहि कार्यान्वयन हुन्छ । सरकार तथा न्यायपालिकाभित्र समेत संविधानले तय गरेको गन्तव्यमूल्य र मान्यताभन्दा पनि निजी स्वार्थ हावी भएको छ । राष्ट्रको स्वार्थ र पार्टीको स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ हावी भएको कारण अनेकौं कमजोरी भएका छन् ।’

पछिल्लो समय नेताहरुमा मात्रै नभएर सरकार, संसद, न्यायालय, राज्यका संवैधानिक निकायहरु समेत संविधानले तय गरेको गन्तव्य, मूल्य र मान्यता छाडेर व्यक्तिगत स्वार्थ हावी भएको उनको ठम्याई छ ।

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल