Birat Post मंगलबार, आषाढ १२, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१२ असार । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यार्थी विदेश पलायन हुने विषय राष्ट्रको गम्भिर विषय भएको स्वीकार गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले भने, ‘शिक्षा क्षेत्रमा देखिएको गम्भिर चुनौती चाँही विद्यार्थीहरु विदेश पलायन हुने हो । यो कुनै एउटै कारणबाट भएको छैन । यसमा धेरै कारणहरु जिम्मेवार छन्।’

अधिक राजनीतिकरणले शिक्षा क्षेत्र अस्तव्यस्त भएको मन्त्री राईको टिप्पणी छ । ‘शिक्षा क्षेत्रमा देखिएको अस्तव्यस्तता, अधिक राजनीतिकरण हो । म पढछु मात्र म राजनीतिगर्दीन भन्ने विद्याथीहरु भातृ संगठनको चपेटामा परेर पलायनहुने अवस्था छ ।’ उनले भने ।

त्यस्तै मन्त्री राईले मधेश प्रदेशको शिक्षा क्षेत्रमाकम बजेट छुट्याएको भन्ने आफूलाई नलागेको बताएका छन् । ‘मधेश प्रदेशको शिक्षामा बजेट कम भयो भन्ने मलाई लाग्दैन तर आवश्यक परेजति सबै ठाउँमा पठाउन सकिएको छैन । त्यो सत्य हो । ’ उनले देशभरको शिक्षा क्षेत्र सुधारका लागि आवश्यक पहल भइरहेको दाबी गरे ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल