Birat Post आइतबार, साउन ०७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,७ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महामन्त्रीले संसदीय दलको नेतामा मन नडुलाए सभापति र महामन्त्री दुवैको इन्ट्रेस्ट नबाँझिने धारणा राखेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा रिजालले गगन थापालाई संसदीय दलको नेतामा मन नडुलाउन सुझाएका हुन् । उनले भने, ‘सभापतिको पनि २०८४ को निर्वाचनमा पार्टी राम्रो बनोस् बलियो बनोस भन्ने छ, महामन्त्री थापा पनि ०८४ सम्म यति काम गरौं र त्यसपछि पार्टीलाई मज्जैले अगाडि लैजान सकिन्छ भनेर लाग्नुभएको छ । तर, दुवैको मत कहाँनिर बाँझियो भन्दा खोज्दै जाँदा मलाई लाग्यो यो संसदीय दलको खनायो छ नि त्यतातिर मन नडुलाएदेखि सभापति र महामन्त्रीको ध्यान एकैतर्फ हुन्छ जस्तो लाग्यो ।’

त्यस्तै, केन्द्रीय सदस्य रिजालले पार्टीमा निणर्य गरिहाल्ने तर कुनै पनि निर्णयलाई अन्तिमसम्म लैजानको लागि कार्यान्वयन गर्ने प्रवृति नभएको भन्दै त्यस्तो प्रवृतिबाट बाहिर आउनुपर्ने धारणा राखे । छिटो निर्णय गर्ने भन्दा विस्तारै निणर्य गरेर छिट्टो त्यसलाई कार्यान्वयन गरेर देखाउनुपर्ने उनले बताए । पार्टीले एकलौटी रुपमा केन्द्रमा बसेर निर्णय गर्ने प्रवृतिलाई त्यागेर जिल्लादेखि प्रदेश र स्थानीय तहलाई अधिकार बाँड्नुपर्नेमा उनले जोड दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
पतंजली योग समिति विराटनगरद्वारा नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल