Birat Post सोमबार, साउन ०८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,८ साउन ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले सनातन हिन्दु राष्ट्रको एजेण्डा काग्रेसले बाेक्नुपर्ने  बताएका छन् । उनले केन्द्रीय समितिको बैठकमा यसखाले कुरा उठाइरहेको पाइन्छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा पराजुलीले सनातन हिन्दुराष्ट्रको एजेण्डा कांग्रेसलेनै बोक्नुपर्नेमा जोड दिए । यस्तै काम गर्नेले मात्रै पार्टीमा अवसर पाउनुपर्ने बताउँदै क्रियाशिल सदस्यहरूलाई वर्गिकरण गर्नुपर्ने प्रस्ताव राखेका छन् । ‘क्रियाशिल सदस्यहरूलाई वर्गिकरण गर्नुपर्ने देखिन्छ, काम गर्नेले मात्रै अवसर पाउनु पर्छ ।’ उनले भने, ‘गलत काम गरे दण्ड र राम्रो गर्दा पुरस्कृत गर्ने व्यवस्थाको थालनी गर्नुपर्छ ।’
साथै केन्द्रीय सदस्य पराजुलीले पार्टीमा गुटको चरम स्थिति सिर्जना भएको र एक गुटको नेता, अर्को गुटमा जाँदा सम्मानजनक व्यवहार नभएको गुनासो गरेका छन् ।

‘गुटको चरम स्थिति सिर्जना भयो । एक गुटको नेता, अर्को गुटमा जादा सम्मानजनक व्यवहार देखिदैन । पार्टीमा वितन्डता छ । वरू अर्को पार्टीका साथिहरू संग सुमधुर सम्बन्ध राख्ने तर आफ्नै पार्टीका नेता, कार्यकर्ता हरुसंग दुस्मन सोसरहको व्यवहार गर्ने गरेको देखिन्छ । यसले कार्यकर्तामा निराशा छाएको छ ।’ उनले भने, ‘पार्टीको रूप धारणा गर्न सकेकै छैन, गुटबन्दीले गाजिएको कांग्रेस भएको छ, यसको शिकार म पनि भएको छु, म प्रदेश सभाको सांसद को चुनाबमा उठ्दा सबैतिरबाट खुलेआम हराउने अभियान नै चल्यो तर मैले हिजो बिराटनगरको नगर प्रमुख हुँदा गरेको राम्रो कामको सेवाको प्रतिफल स्वरुप मैले विजय प्रात गर्न सफल भए, यो स्थिति देशभर साथिहरुले भोग्नु पर्यो । यो स्थिति आउन नदिन पार्टीले विशेष ध्यान पुर्याउनु पर्दछ, कडा अनुशासनको कारवाही ब्यवस्था गर्नुपर्दछ ।’

पराजुलीले उठाएका एजेन्डाहरु :

 

सम्बन्धित

ताजा अपडेट
पृथ्वीनारायण शाह, जंगबहादुर र बिपीले नेपालको अस्तित्व जोगाएका हुन्ः पशुपति शमशेर
दुध उत्पादक कृषकका समस्या समाधान हुन्छ : मुख्यमन्त्री कार्की
विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाइ

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल