Birat Post मंगलबार, साउन २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ साउन / विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको नि:शुल्क परीक्षणको व्यवस्था मिलाएको छ । महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट नि:शुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको किटबाट नि:शुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

सुनसरीको धरानलगायतका केही स्थानमा डेंगुको संक्रमण फैलिएपछि महानगरले पूर्वतयारीलाई समेत व्यापक बनाएको छ । यसअघि महानगरको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले विराटनगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुले डेंगु रोगको किटबाट परीक्षण गर्दा ६ सयभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरिसकेको छ ।

डेंगुको परीक्षण गर्दा निजी स्वास्थ्य संस्था र अस्पतालहरुले १८ सय रुपैयाँसम्म शुल्क लिने गरेको गुनासो आएको थियो । “महानगरसित भएको स्रोत साधनबाट महानगरवासीलाई अधिकतम् सेवा दिने हाम्रो उद्देश्य रहेको छ,” मेयर नागेश कोइरालाले भने , “तत्कालका लागि महानगरपालिका मातहत रहेको रानी अस्पताल र वैजनाथपुर अस्पतालमा डेंगुको नि:शुल्क परीक्षण गर्ने व्यवस्था मिलाएका छौं ।”

महानगरले हरेक शुक्रबार डेंगु खोज र नष्ट गर अभियानसमेत सञ्चालन गर्दै आएको छ । हरेक शुक्रबार बिहान ७ देखि ९ बजेसम्म १९ वटै वडामा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, समाजसेवी, राजनैतिक दल, विभिन्न संघसंस्थाको सहभागितामा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल