विराटनगर,२६ साउन । कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपाकी) निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी छिन् ।उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसअघि थापाले काग्रेसका प्रदीप सुनुवार, माओवादी केन्द्रका बाबुराम गौतम र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री बनाइसकेका छन् ।