Birat Post बिहिबार, भाद्र ०७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।

सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो।

कोशी सरकारका पूर्वमुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकेको छ।

प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधान विपरीत र प्रचलित कानुन बिपरित विश्वासको मत लिनेबेला सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको एमालेको जिकिर छ। यसरी प्राप्त गरेको विश्वासको मत गैर संबैधानिक भन्दै एमाले सर्वोच्च पुगेको हो।

यसअघि पनि सभामुखको मतसमेत जोडर थापा मुख्यमन्त्री भएपछि एमाले सर्वोच्च पुगेको थियो। सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिए पछि थापाले सभामुख बाबुराम दाहाललाई राजिनामा गराएर पुन: मुख्यमन्त्री नियुक्त भएका थिए। तर, विश्वासको मत लिने बेला सभाध्यक्षको मत लिए पछि एमाले फेरी पनि सर्वोच्च पुगेको हो।

सम्बन्धित

ताजा अपडेट
केशु विरहीद्धारा लिखित ‘उपद्रष्टा हर्कमान तामाङ’ पुस्तक लोकार्पण
राससलाई समय सापेक्ष बनाउनु पर्छ : मन्त्री भण्डारी
हिन्दु राष्ट्र र राजसंस्था फर्काउने निर्णायक आन्दोलन गर्न राजावादी शुभेच्छुकहरुको सुझाव

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल