featured photo: Birat Post
विराटनगर,१४ भदाै । विराटनगर-८ स्थित अमर टाेलमा अज्ञात समुहले माेटरसाइकल चाेरी गर्न नसकेपछि आगजनी गरेर हिडेकाे छ । तुलसी देवी ठकुरीकाे घरमा राखिएको मे १० प २६१६ निलाे रंगकाे पल्सरमा बिहीबार गएराती अज्ञात समुहले आगाे लगाएको हाे ।
६ फिट अग्लाे वाल नाघेर चाेरी गर्ने नियतका साथ छिरेका चाेरहरूले माेटरसाइकलकाे ट्याङ्की वाट पहिले पेट्रोल निकालेर वाेतलमा भरेको पाइएकाे छ । यस संगै माेटरसाइकल चाेर्न असम्भव देखिएपछि आगजनी गरेर हिडेकाे प्रारम्भिक अनुमान प्रहरीले गरेकाे छ । उक्त माेटरसाइकल ठकुरीका ज्वाई सुरज हमालले चढ्दै आएका थिए । आगजनीवाट ठकुरीको बरण्डाकाे भागमा जलेर केही क्षति पुगेको छ ।
आगजनी भए संगै अमरटाेलका स्थानीयहरू त्रसित देखिएका छन् । उनीहरूले यथासिघ्र शान्तिसुरक्षा प्रदान गर्न र अपराधमा संलग्नलाई पक्राउ गर्न आग्रह गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख दीपक पाेखरेलले घटनाको विषयमा अनुसन्धान सुरू भइसकेको वताएका छन् । उक्त घटना भए संगै काेशी प्रदेशका सांसद भीम पराजुलीले स्थलगत अनुगमन गरेका छन् ।
सम्बन्धित