Birat Post शनिबार, भाद्र १६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ भदौ । गौहत्याको विरोधमा विराटनगरमा शान्तिपूर्ण सद्भाव र्‍याली निकालिएको छ। ॐ कार परिवारको अगुवाइमा विराटनगरको बरगाच्छी चोकवाट निस्केको र्‍यालीमा सहभागीहरुले गौहत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर भन्ने नारा लगाउदै नगरका विभिन्न भागको परिक्रमा गरेका थिए।

नगर परिक्रमा पछि आयोजित सभामा लक्ष्मीनारायाण मन्दिर पान्चालीका पिठाधिस अच्युत प्रपन्नाचार्य, लक्ष्मीनारायण मन्दिर पिपलचोकका रामानुज स्वामी,नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुली लगायतले धर्मनिरपेक्षताको नाममा भइरहेका अतिवादी काम रोक्न आग्रह गरेका छन् । धर्म,जात र सप्रदायका आधारमा अपमानित गर्ने काम बन्द हुनुपर्ने धारणा उनिहरुको छ ।

यस्तै ॐ कार परिवार मोरङका अध्यक्ष रमेश चापागाईले धर्मनिरपेक्षताका नाममा हिन्दु धर्ममाथि हस्तक्षेपको प्रयास भइरहेकाले आन्दोलनमा उत्रीनुपरेको बताए । उनले गौहत्या बन्द गर्न र देशलाई हिन्दु राष्ट्र कायम गर्न र संविधानत अपराध कर्ममा सहभागीलाई तत्काल कार्वाही नभए आन्दोलनका थप कार्यक्रम तय गरिने जानकारी दिए ।

कार्यक्रममा सयौको सख्यामा ॐ कार परिवार तथा सनातनीहरुको उपस्थिती रहेको थियो । धरानमा भएको गौ हत्या संगै देशभरका ॐ कार तथा हिन्दु सनातनीहरु आन्दोलित भएका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
पृथ्वीनारायण शाह, जंगबहादुर र बिपीले नेपालको अस्तित्व जोगाएका हुन्ः पशुपति शमशेर
दुध उत्पादक कृषकका समस्या समाधान हुन्छ : मुख्यमन्त्री कार्की
विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाइ

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल