Birat Post आइतबार, भाद्र १७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१७ भदौ ।आज कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ हुँदैछ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो। त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो।

मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।

कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा परेको थियो। सोही कारण हेर्न नमिल्ने भएको थियो।

यही भदौ ६ गते कार्कीले दायर गरेको रिटमा यसअघि नै अन्तरिम आदेश भएको छ। नेपाली काँग्रेस संसदीय दलका नेता थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न सर्वोच्चले आन्तरिम आदेश जारी गरेको हो। कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल