Birat Post बिहिबार, भाद्र २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,२१ भदौ । आर्थिक मन्दी तथा आयात निर्यातमा ह्रास आउँदा विराटनगर भन्सार कार्यालयको साउनमा निर्धारित लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ।

भन्सार कार्यालयका अनुसार ०८० /८१ को साउन महिनाका लागि राखिएको निर्धारित लक्ष्यको ८१ दशमलव ५६ प्रतिशत राजश्व संकलन भएको हो।

नेपालमा हुने आयात र अन्य देशमा हुने निर्यातसँगै आर्थिक मन्दीका कारण साउनमा २ अर्ब ८५ करोड २९ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

सो महिना कार्यालयलाई ३ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो।

कार्यालयका अनुसार गत वर्षको साउनभन्दा पनि कम राजस्व यसपटक संकलन भएको हो। गत वर्ष साउनमा कार्यालयले २ अर्ब ९५ करोड १४ लाख रुपैयाँ राजस्व संकलन गरेको तथ्यांकमा देखिएको छ।

यस वर्ष कार्यालयलाई राजस्व संकलन र लक्ष्यबीच समानता नदेखिएपछि मासिक राजस्व संकलन लक्ष्यसमेत कम गरिएको थियो।

सोहीअनुसार भन्सार कार्यालयलाई ३ अर्ब ४९ करोड ७६ लाख रुपैयाँमा सीमित गरिएको थियो।

सम्बन्धित

ताजा अपडेट
पतंजली योग समिति विराटनगरद्वारा नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल