Birat Post शनिबार, भाद्र २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ भदौ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भाषा, कला र संस्कृतिमा विराटनगर धनी रहेको बताएका छन् । हलुलाई समाज कल्याण सेवा समिति केन्द्रीय कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर सानो भूगोलभित्र विभिन्न जातजाति, भाषा, धर्म र सम्प्रदायको बसोबास रहेको बताए ।

सबै जातजाति र सम्प्रदाको बेग्लाबेग्लै भाषा, संस्कृति र रहनसहन हुनुले विराटनगर सांस्कृतिक रुपमा धनी सहर भएको उनको भनाइ थियो । अनेकतामा एकता भएकै कारण सामाजिक रुपमा विराटनगरको विशिष्ट स्थान रहेको मेयर कोइरालाले बताए । आधुनिकताको विकाससँगै धेरै जातजातिको भाषा र संस्कृति लोप हुँदै गएकोमा उनले चिन्तासमेत व्यक्त गरे ।

मेयर कोइरालाले आफ्नो धर्म, संस्कृति र परम्परालाई बचाइराख्न सबैलाई आग्रसमेत गरे । आफ्नो संस्कृतिको संरक्षणमा हलुवाई समाज लागिपरेकोमा उनले प्रशंसासमेत गरे । कार्यक्रममा हलुवाई समाजका अग्रजहरुलाई सम्मानसमेत गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल