Birat Post बुधबार, भाद्र २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२७ भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार र निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्रको विकास सम्भव भएको दोहोर्याएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले विस्तारै अर्थतन्त्र चलायमान हुन थालेको भन्दै निजी क्षेत्रको सहयोगबाट नै नेपालको आर्थिक विकास सम्भव भएको बताएका हुन् । उनले सरकार निजी क्षेत्रसंग सहकार्य गर्न सदैव तयार रहेको भन्दै सबै मिलेर राष्ट्रको विकासमा योगदान गर्नु पर्ने बताए ।

‘म सबैलाई के आग्रह गर्न चाहान्छु भने अब हामी सबैले अर्थतन्त्र सकरात्मक बाटोमा जान्छ । त्यो किसिमको बहस थालौँ । त्यसले एउटा आत्मविश्वास बढ्छ । अर्थतन्त्रमा पैसै नभएको हैन । चलिरहेको छैन । त्यो घुमिरहेको छैन । त्यो घुम्न जरुरी छ । के हो के हो सबैले नराम्रो भन्छन् । सबैले खराब छ भन्छन् । त्यसले सबैले खर्च गर्न तयार नहुने र लगानीकर्ताले पनि ऋण लिन नचाहने भइरहेको छ ।’ उनले भने ।

अब खर्च गर्नेले पनि खर्च गरेर र लगानी गर्नेले पनि लगानी गरेर अर्थतन्त्र माथि उठाउन भूमिका खेल्नु पर्ने उनको भनाई छ । उनले निजी क्षेत्रको जायज माग सम्बोधनका लागि सरकार तयार रहेको पनि बताए ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल