Birat Post आइतबार, आश्विन ०७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनामा सरकारमा सम्मिलित नेताहरूको धारणा माग गरेका छन् । आइतबार बसेको जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । बैठकमा कडारुपमा प्रस्तुत भएका पराजुलीले भने , ‘सरकारमा हाम्रा नेताहरु पनि सहभागी हुनुहुन्छ ,भइरहेको के छ ? भनी प्रतिप्रश्न गरेका थिए ।

‘कांग्रेसलाई छानिछानि दु:ख दिने गृहमन्त्रीको नियतबारे पनि समीक्षा हुनुपर्छ,’ उनले भने, ‘सुन प्रकरणमा नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समाचारमा आएका छन्। उनलाई न पक्राउ गरिन्छ न कुनै मुद्दा चल्छ।’ कांग्रेस नेता माथी आक्रमण गर्ने र आफ्ना बचाउने खेलमा माओवादी लागेको आरोप पराजुलीले  लगाए ।

महँगी नियन्त्रणमा सरकारले कदम चाल्नुपर्ने उनले बताए। कोशी प्रदेशमा सरकारको स्थिरताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्णायक वार्ता गरी नयाँ समीकरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए । ‘कोशी प्रदेशको सरकार गठन सन्दर्भमा राप्रपासँग तालमेल नगरिकन अघि बढ्दा पटक -पटक अस्थिरता दोहोरिएको छ। कोशीमा सरकारको स्थिरता खोज्ने हो भने राप्रपासँग निर्णायक बार्ता गरौं,’ उनले भने।

हिन्दु राष्ट्रका पक्षमा आफुले पटक-पटक आवाज उठाउने गरेको बताउदै पराजुलीले कांग्रेसले धर्म संस्कृति विभाग गठन गर्नुपर्ने कुरालाई आफुले निरन्तर उठाइरहने बताए । केही समययता संविधानको बर्खिलाप गर्दै गौबध भइरहेको र सरकारले अपराधका घटनालाई प्रसय दिइरहेको आरोप लगाए । देशमा युवा पलायन एवं बौद्धिकता र सीपको पलायन हुदै गएको तर्फ ध्यान दिन आवश्यक रहेको औल्याए । खेलाडिको सम्मानमा ध्यान नदिएको र नर्सिङ शिक्षा पढ्न बिदेशिनु परेको व्याप्त समस्याका विषयमा आफ्ना भनाइ राखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल