मूल्य वृद्धिको विरोधमा उपभोक्तावादी संस्था आन्दोलित

उपभोक्ता अधिकारवादी उत्तम ढुङ्गेल भन्छन्- मूल्य वृद्धि फिर्ता हुनुपर्छ

Birat Post आइतबार, आश्विन १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१४ असोज । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा उपभोक्तावादी संस्था पव्लिक फोरमले सरकारका विरुद्ध विराटनगरमा विरोधका कार्यक्रम गर्ने भएको छ । मूल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गर्ने संस्थाका अध्यक्ष  उत्तम ढुङ्गेलले जानकारी दिए। चाड,पर्वको मुखैमा भएको मूल्य वृद्धिको उपाहारलाई सहेर वस्नु नहुने ढुङेलको भनाइ छ । मूल्य वृद्धि संगै देशभर विरोध सुरु भएको छ ।

नेपाल आयलनिगमको  शनिबार बसेको  सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन  आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटर १८२.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौँ, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

यसै गरी डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
बालेन्द्र शाह दलको नेता चयन, प्रधानमन्त्रीको शपथ लिने बाटो खुल्यो
आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल