सुजन निरौला मंगलबार, आश्विन १६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ असोज । जिल्ला आयुर्वेदिक स्वास्थ्यकेन्द्र मोरङ विराटनगरमा सेवा लिने सेवाग्राहीको सख्या बढ्न थालेको छ । विराटनगर स्थित सोमबारे हाट तिनपैनी नजिक रहेको केन्द्रले दिने सेवा गुणस्तरीय भएपछि सेवाग्राहीको आकर्षण बढेको हो ।

केन्द्रमा ओपिडि ,आइपिडि, ल्याव ,सर्जरी ,पन्चकर्म ,होमियोप्याथी ,माइनर सर्जरी , छाडसुत्र सल्यक्रिया लगायतका सेवाहरु सन्चालित छन् । मलद्वार संग सम्वन्धित रोगहरू ,पायल्स,फिस्टुला,फिसर,पेटसम्वन्धी ,पोलाइटिस ,ग्यास ,जन्डिस,समस्या ,नसासंग सम्वन्धित ,बाथरोग,हड्डी खिईको ,नसा च्यापिएको लगायतका उपचार गरिने गरेको आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका प्रमुख डा.केनिन राईले जानकारी दिए ।

प्रमुख राई मलद्वार संग सम्वन्धित रोगहरू ,पायल्स,फिस्टुला,फिसर रोगका विशेषज्ञनै मानिन्छन् । उनी संग उपचार गराउनका लागि मानिसहरुको भिडनै लाग्ने गरेको छ । केन्द्रमा विशेषत ४ जना डाक्टर र अन्य नर्स र स्वास्थ्यसेवाकर्मीहरु रहेका छन् ।

दैनिक केन्द्रमा १ सय भन्दा बढी विरामीहरु उपाचारका लागि आउने गरेको प्रमुख राइ वताउछन् । उपचारको रिजल्ट उत्साहजनक भएकाले पनि होला पछिल्ला समय भ्याइनभ्याइ हुन्छ राइले भने । केन्द्रले विभिन्न खाले २३ प्र्रकारका दबाइहरु नि:सुल्क उपलब्ध गराउने गरेको छ । आयुर्वेद चिकित्सा उपचार जनमानसमा लोकप्रिय र विस्वसनिय बन्दै गएपनि उचित जनशक्ति र औषधीको अभाव भएको प्रमुख राइको भनाई छ ।

सरकारले सेवा विस्तार गरेपनि उपचार सेवा दिलाउन अझैपनि कन्जुस्याइँ गरिरहेको पाइएको छ । अपेक्षाअनुसार आयुर्वेदिक उपचारको सेवा लिन भने अझै पाउन सकेका छैनन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल