Birat Post शनिबार, आश्विन २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २० असोज । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले द एशिया फाउण्डेशनसँगको सहकार्यमा जिल्ला, नगर र वस्तुगत संघहरूको क्षमता अभिवृद्धि र संस्थागत सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगरमा बिहिबार र शुक्रबार आयोजित कार्यक्रममा नेपाल शहरी तथा क्षेत्रीय अध्ययन प्रतिष्ठान (नियर्स) का अध्यक्ष डा.जगदीशचन्द्र पोखरेल,नियर्सका सदस्य ओम धरानन्द राजोपाध्याय, अर्थ विज्ञहरु विनय महर्जन ,विष्णु काफ्ले,विरेन्द्र साह लगायतले प्रशिक्षण दिएका थिए ।

देशको विद्यमान अवस्थाका कारण अवरुद्ध हुँदै आएको क्षमता विकासका क्रियाकलापहरू अब अघि बढाइएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले बताए । यो प्रशिक्षणका माध्यमबाट थप स-साना आर्थिक क्रियाकलापहरू हुनेमा उनी विश्वस्त छन् ।

कार्यशालामा कोशी प्रदेशका १४ वटै जिल्लाका ३८ वटा नगर र जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष, प्रतिनिधि र कार्यालय सचिवहरूको सहभागिता रहेको कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
मारवाडी ब्राह्मण समाजले विराटनगरमा मनायो परशुराम जयन्ती
विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सुरु
विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव कार्कीद्वारा संसद सचिवालयमा दर्ता

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल