Birat Post मंगलबार, कार्तिक १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१४ कात्तिक / ‘लोपोन्मुख संस्कृतिको संरक्षण गरौं: छिमेकी मुलुकसँग सांस्कृतिक सम्बन्ध सुदृढ बनाऔं’ भन्ने नाराका साथ संखुवासभाको चिचिला गाउँपालिकामा अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ ।

चिचिला गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रम मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले संयोजन गरेका हुन् । पासाङ नुर्वू शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा चिचिलाकै १०७ वर्षीय शताब्दीपुरुष मानबीर पैंजो गुरुङ ‘दारी लामा’रहेका थिए । उनी वोन संस्कृतिका धरोहर पनि हुन् । नेपाल र भारतको झण्डा राखेर गरिएको उक्त सम्मेलनमा दुवै देशको राष्ट्रिय गान बजाइएको थियो । सुरुमा भारत सरकारबाट संयोजकलाई लेखेको सम्मान तथा शुभकामनापत्र वाचन पनि गरिएको थियो ।

चिचिला गाउँपालिकाभित्रका तमु छोंझधी समुदाय, लोहोरुङ समुदाय, तामाङ समुदाय खालिङ समुदाय, दर्जी समुदाय, क्षेत्री समुदाय, याम्फू समुदाय, खालिङ समुदाय, कुलुङ समुदाय, थुलुङ समुदाय, दर्जी समुदाय, विक समुदाय, मेवाहाङ समुदाय, शेर्पा समुदाय, हेभेन्ली पाथको सामूहिक सांस्कृतिक झाँकी र छुट्टाछुट्टै मौलिक झाँकी पनि प्रस्तुत गरिएको थियो । सबै विद्यालयका शिक्षक र विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न पालिकाका प्रतिनिधि, जातीय समुदाय र कलाकाहरू पनि सहभागी भएका थिए ।

धर्मदेवी नगरपालिकाको याख्खा समुदायले डोकेनी सिली खाँदबारी नगरपालिकाले लोहोरुङको चण्डी नाच, पाँचखपन नगरपालिकाले नेवार समुदायको (लाखे) र चैनपुर नगरपालिकाका उपप्रमुख नेवारी धिमेनाच सहभागी गराएका थिए । सभापोखरी गाउँपालिकाले लिम्बू समुदायबाट च्याब्रुम नाच, भोटखोला गापाले भोटिया समुदायको स्याप्रु नाच, मकालु गाउँपालिकाले याम्फू समाजको च्याब्रुम र तामाङ समुदायको डम्फू सेलो प्रस्तुत गरेका थिए । भारतको असम कार्वी आङ्लोङका कार्वी कुर्फो अमाइका पाँच समुदायले नाच, गीत र वाद्यवादन प्रस्तुत गरेका थिए । कार्यक्रम अत्यन्तै भव्य र सभ्य भएको कार्यक्रम संयोजक अग्रज साहित्यकार ताराबहादुर बुढाथोकीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
मतपेटिकाकै मत आधिकारिक मानिनेः आयोग
नेकपा र एमाले दुइ दल तीन प्रदेशमा नील

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल