Birat Post बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ कात्तिक / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सुशासन कायम गर्दै जवाफदेहिता र जिम्मेवारीपूर्वक जनताको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

बुधबार महाशाखा र शाखा प्रमुखहरुको नियमित बैठकमा मेयर कोइरालाले जनताबाट गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभयो । महाशाखा र शाखाअन्तर्गतको जिम्मेवारीलाई योजनाबद्ध रुपमा समयमै सम्पादन गर्नुपर्नेमा मेयर कोइरालाले जोड दिनुभयो ।

आफू निर्वाचन भएर आएदेखि नै सुशासनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । “जनप्रतिनिधिले बनाएका योजना तपाईंहरुले कार्यान्वयन गर्ने हो,” मेयर कोइरालाले थप्नुभयो, “जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य र एकताले विराटनगरवासीको चाहना पूरा गर्न सकिन्छ ।”

उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतसमेतको उपस्थितिमा भएको बैठकमा महाशाखा र शाखा प्रमुखहरुले आफ्नो शाखा तथा महाशाखाको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल