Birat Post सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२० कात्तिक । नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । सोमबार बसेको क्यानको केन्द्रीय कार्य समिति बैठकले उक्त निर्णय गरेको हो ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालले युएईलाई ८ विकेटले हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकपमा स्थान बनाएको थियो । पछिल्लोपटक नेपालले सन् २०१४ को विश्वकप खेलेको थियो । त्यसयता भएका चार छनोटमा नेपाल छनाेट हुन असफल भएको थियो । पाँचौ प्रयासमा नेपाल युएईसँग बदला लिँदै सफल भएको भएकाे हाे ।

तर, उपाधि भिडन्तमा भने नेपाल ओमानसँग पराजित भएको थियो । साथै बैठकले एसिसी यू–१९ प्रिमियर कप जितेर एसिसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल नेपाली टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने पनि निर्णय गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल