Birat Post बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,२२ कार्तिक । नेकपा एमालेमा ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको छ ।

बुधबार बसेको एमाले सचिवालयको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा रिक्त रहेका ६ जना केन्द्रीय सदस्यको बारेमा जानकारी गराएका हुन् ।

ज्ञवालीका अनुसार एमालेमा विनोद ढकाल, कैलाश ढुंगेल, मायानाथ अधिकारी, गुलावजंग शाह, कृष्णप्रसाद दाहाल, हरि रिजालको पद रिक्त रहेको छ । उनीहरु भर्खरै सम्पन्न भएको प्रदेश अधिवेशनमा उम्मेवार बनेका उनीहरु मध्ये ढुंगेल बागमती, शाह कर्णालीको अध्यक्षमा चयन भएका छन् भने अन्य सबै प्रदेश अध्यक्षमा पराजित भएका छ्न ।

एमालेको विधानमा प्रदेश अध्यक्ष पदेन पोलिटब्यूरो हुने व्यवस्था रहेको छ । एमालेको विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेद्वार भएमा पद रिक्त भएको मानिने छ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरका शिक्षकहरुका लागि गरियो तीनदिने क्षमता विकास कार्यशाला
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल