Birat Post शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २४ कात्तिक। १२ वर्षअघिको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सामान्य विवादमा साथीको हत्या गरी फरार रहेको आरोपमा संखुवासभाको धर्मदेवी नगरपालिका २ का २८ वर्षीय बुद्दे भनिने बुद्धिराज जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो ।

धर्मदेवी नगरपालिका २ का जिमीमाथि २०६८ साल फागुन ३ गते साविक तामाफोक गाउँपालिका–५ हाल धर्मदेवी २० का रविन जिमीको हत्या गरेको आरोप छ ।घटनापछि फरार रहेका उनी तीन दिनअघि मात्रै घर आइपुगेका थिए ।

घर पुगेको सूचना पाएपछि पुगेको प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको प्रक्राउ गरेको प्रहरीले जनाएको छ । युवतीको विषयमा विवाद हुँदा रामकुमार जिमी,बुद्धिराज जिमीसहितले रविनको हत्या गरेको अभियोग छ । घटाना हुँदा जिमी १६ वर्षको मात्रै थिए ।

घटनापछि फरार रहेका जिमी धरान र काठमाडौँ बस्दै आएका थिए । पेन्टिङको काम गर्ने उनी यसअघि घर नपुगेको प्रहरीको भनाइ छ । घटनापछि घर बाहिरै बसेका उनले ६ वर्षअघि विहे पनि गरेका थिए । घटनाको १२ वर्षपछि तिहार मान्नका लागि घर पुगेका बेला उनी पक्राउ परेका हुन् ।

 

 

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल