Birat Post मंगलबार, मंसिर ०५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,५ मंसिर

महिला अधिकारको संरक्षणमा तीन तहको सरकार जिम्मेवार हुनु पर्नेमा जोड दिएको छ । वियोण्ड बेजिङ्ग कमिटी कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धी सम्वन्धी परामर्श कार्यशाला गोष्ठीका सहभागीहरुले लैङ्गिक समानता र संरक्षण गरिनुपर्नेमा जोड दिएका हुन् ।

कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले महिला विरुद्ध हुने हिंसाको प्रभावकारी रुपमा रोकथाम र संरक्षणमा तीन तहकै सरकारहरु प्रतिवद्ध रहनुपर्ने बताइन् । उनले महासन्धीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारले बजेट सहित  कार्यक्रम ल्याउनु पर्नेमा जोड दिइन् । गाउँघरमा महिलाहरु माथी हुने हिंसा, करणीका मुद्दा मिलाप गर्ने कार्य एव बालबिवाह विरुद्ध सामाजिक सङ्घसंस्था चनाखो भएर काम गनुपर्ने बताइन् ।

कमिटीकी प्रदेश अध्यक्ष सिता पौडेल, जिल्ला समन्वय समिति मोरङका उपप्रमुख उषा  झा,कमिटीकी केन्द्रीय सदस्य रिता साह लगायतले विवाहको अहिलेको उमेर ठिक रहेकोले त्यस  सम्वन्धमा समाजमा सचेतना जोगाउन आवश्यक रहेको बताएका थिए । गोष्ठीमा कोशी प्रदेशका १४ जिल्लामा रहेका महिला अधिकारकर्मी एवं मानवअधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
नेपालबाट बाहिरियो मनसुन
सुदन गुरुङ नेतृत्वको जेनजीका ७ प्रदेश संयोजको खबरदारी, राजनीतिक नियुक्ति खारेज गर्न जोड
तरुण दलको केन्द्रीय सदस्यहरूले भने, ‘पार्टीमा तत्काल पुस्तान्तरण होस्’

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल