Birat Post मंगलबार, मंसिर २६, २०८० मा प्रकाशित

featured photo: Birat Post

 कौशल निरौला

विराटनगर,२६ मंसिर / विराटनगरका अरु हस्पिटलले काम  बिराउदा न्युरो हस्पिटललाई चिन्ता परेको छ । यसको कारण हो झण्डै-झण्डै नाम मिल्न जानु । न्युरो हस्पिटल भनेपछी मानिसहरुले विराटनगर -१० स्थित बंगलामुखी मन्दिर छेउमा रहेको हस्पिटललाई लिने गर्दछन् । तर नाम मिल्दोजुल्दो हुदा समस्या सिर्जना भएको हस्पिटलको बुझाइ छ । कतिपय हस्पिटलले सेवाग्राहीलाई गलत सुचना सम्प्रेषण गर्ने,डाक्टरहरुका वारेमा अफवाह फैलाउने,न्युरो अस्पताल संग मिल्दोजुल्दो होडिङ बोर्ड राख्ने गरेको भन्दै हस्पिटलले सचेत रहन आग्रह गरेको छ ।

मंगलबार अस्पतालले पत्रकार सम्मेलन गर्दै दुइ दशक भन्दा लामो समय उत्कृष्ठ स्वास्थ्य सेवा प्रदान गरेर कमाएको ख्यातीलाई अनुचित तवरले प्रयोग गर्ने गलत प्रवृती विराटनगरमा भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले न्युरो कार्डियो एण्ड मल्टिस्पेशियाललिटी प्रा.लि (न्युरो हस्पिटल) संग मिल्दो जुल्दो नाम राखी सेवाग्राही माथी खेलवाड गर्ने गरेको भन्दै सजग रहन आग्रह गरे ।

न्युरोले आफ्नो स्थापनाको २३ वर्षे यात्रामा गम्भिर प्रकृतिका रोगहरुमा विशेषज्ञ चिकित्सकहरुबाट विभिन्न २३ वटा सेवाहरु प्रदान गर्दै आइरहेको र यो सेवा अन्य स्थानमा नमिल्ने भट्टराईको दावी रहेको छ । न्युरोले अत्याधुनिक १ दशमलव ५ टेस्ला एमआरआई भित्र्याएको छ । यस्तै नयाँ सुविधा सम्पन्न अत्याधुनिक नयाँ भवनमा ५६ शैय्या थप गर्दै अस्पतालमा १५० भन्दा बढी शैय्याबाट अब सेवा दिन थालेको छ ।

केही दिन अगाडि विराटनगरकै नयाँ हस्पिटल “मेट्रो न्युरो अस्पताल”का बारेमा अनर्गल प्रचार भए संगै न्युरो हस्पिटलले सचेतता अपनाउदै यसप्रकारको धारणा सार्वजनिक गरेको हो । उसले सेवाग्राहीहरुलाई नझुक्किन र न्युरो हस्पिटलका बारेमा राम्रो संग वुझेर मात्रै जान आग्रह गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल