Birat Post बुधबार, पुष ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

पुष,४ । संसदको सुरक्षा भङ्ग भएको विषयमा सरकारसँग जवाफ माग गर्दा भारतीय संसद्मा मंगलबारसम्म १४१ विपक्षी सांसदलाई निलम्बित गरिएको छ । अब संघीय संसद् करिब–करिब विपक्षीविहीनजस्तै बनेको छ ।

डिसेम्बर १३ मा दुई युवा अचानक झ्यालबाट संसद्मा प्रवेश गरेको विषय संसद्को सुरक्षासँग जोडिएको गम्भीर विषय भन्दै विपक्षी दलका सांसदहरुले त्यसबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ मागेर संसद् बैठक अवरुद्ध गरेका थिए । सरकारले त्यसबारे जवाफ दिनुको सट्टा विपक्षी सांसदहरूलाई नै निलम्बन गराएको हो । संसद्को सुरक्षा व्यवस्थामा खलल पु-याउने गरी गतिविधि गर्ने दुई युवालाई सत्तारुढ भारतीय जनता पार्टीका एक सांसदले प्रवेश पास दिएको खुलेपछि विपक्षीदलका सांसद आक्रामक बनेका थिए ।

सो घटनापछि एक सातायता भारतीय संसद्मा तनाव छ भने यो साताभर गरी मंगलबारसम्म लोकसभाका ९५ र राज्यसभाका ४६ जना सांसदहरूलाई निलम्बन गरिएको छ । मंगलबारमात्रै ४९ जना सांसदलाई निलम्बन गरिएको हो । उनीहरूलाई जारी हिउँदे अधिवेशनको पूरै कार्यकाल संसद् बैठकमा सहभागी हुन नपाउने गरी निलम्बन गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यता विपक्षी दलका नेताहरूले भनेसरकारको कदमलाई ‘लोकतन्त्रको उपहास’ भनेका छन् । ‘सरकारले जानाजान संसद्बाट विपक्षीलाई बाहिर गरेको छ, ताकि आफूले ल्याएका विधेयकहरू चाहे जसरी कुनै बहस र छलफलबिनै सदनबाट पास होऊन्,’ कांग्रेस सांसद जयराम रमेशले भनेका छन्, ‘यसरी संसद्मा घुसपैठ गर्ने सांसदलाई मुक्ति दिने र सदनलाई कब्जामा पार्ने गरी भएको यो कदमले लोकतन्त्रकै उपहास भएको छ ।’ विपक्षीले विरोध जनाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसबारे सरकारले छानविन गर्ने जवाफ बताउँदै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
इलाम २ः सुहाङले उछिने डम्बरलाई, तेस्राेमा भिड्दै डकेन्द्र र मिलन
बझाङमा ४९ प्रतिशतले गरे मतदान, मतगणना भोलिबाट मात्रै
इलाममा करिब ५७ प्रतिशतले गरे मतदान, आज रातिदेखि नै मतगणना सुरु हुने

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल