Birat Post बुधबार, पुष ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ पुष / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकारको नेतृत्व परिवर्तन नभई आर्थिकमन्दी अन्त्य नहुने बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा. कोइरालाले आर्थिक मन्दी अन्त्य गर्न र जनतामा आशा जगाउन आवश्यक रहेकाले सरकारको अहिलेको नेतृत्वले जनतामा आशा जगाउन नसक्ने जिकिर गरे ।

जनतामा आशा जगाउन सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको डा कोइरालाको भनाइ थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिक रिपोर्ट सार्वजनिक गर्नुपर्ने उनले बताए । “बहुदलीय व्यवस्थामा प्रधानमन्त्री कार्यकारी हुन्छन् । मन्त्रीहरुले रिपोर्ट कार्ड सार्वजनिक गर्नुको अर्थ छैन्,” उनले थपे, “एक वर्षमा प्रधानमन्त्रीले के–के काम गर्नुभयो म जस्तै नेपाली जनता चाहेका छन् ।  उहाँले तत्कालै रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्छ ।”

राष्ट्रियसभा निर्वाचनको तयारीका लागि कांग्रेसको महासमिति बैठक सार्नुपरेको प्रस्टीकरण दिए । अब भने तोकिएकै मितिमा महासमिति बैठक हुने कोइरालाको दाबी थियो । डा. कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने धारणा राखे ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल