Birat Post बिहिबार, पुष १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१९ पुस । अब नयाँ दर्ता हुने पेट्रोल पम्पमा व्यवसायीले अनिवार्य रुपमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन राख्नुपर्ने भएको छ। सञ्चालनमा रहेका पेट्रोल पम्पको वार्षिक नवीकरण गर्दा पनि प्राविधिक रूपमा सम्भव भएसम्म चार्जिङ स्टेसन राख्नैपर्ने भएको हाे।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्युनीकरण सम्बन्धी कार्ययोजना तयार पारेको थियो। उक्त कार्ययोजनालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेर कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएको छ।

उक्त कार्ययोजनामा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको आयल निगमलाई जिम्मा दिइएको छ। जसको अनुगमन र मूल्यांकन गर्दा पेट्रोल पम्पमा समेत चार्जिङ स्टेसन भएको हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

इन्धनबाट चल्ने सवारीसाधनका तुलनामा विद्युतीयको प्रयोग ह्‍वात्तै बढ्न थालेपछि पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्न सक्ने वा नसक्ने विषयमा बहस सुरु भएको थियो। प्राविधिक रूपले सम्भव देखिएपछि सरकारले यस्तो नीति लिएको हो।

त्यसैगरी सञ्चालनमा रहेका पेट्रोल पम्पको वार्षिक नवीकरण गर्दा पनि प्राविधिक रूपमा सम्भव भएसम्म चार्जिङ स्टेसन राख्नैपर्ने भएको छ। हाल देशभर नेपाल विद्युत प्राधिकरण तथा अन्य निजी क्षेत्रबाट समेत चार्जिङ स्टेसन राख्ने लहर नै चलेको छ।

यद्यपि यस सम्बन्धी स्पष्ट नीतिगत व्यवस्था छैन। आगामी दिनमा उपलब्ध हुने नयाँ नीतिगत व्यवस्थाले चार्जिङ स्टेसन र पेट्रोल पम्प दुवै सञ्चालन गर्ने व्यवसायीहरुलाई पनि फाइदा पुग्ने अनुमान गर्न सकिन्छ।

नेपाल विद्युत प्राधिकरणले ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ भने १४ वटा थप निर्माण गरिरहेको छ। सिंहदरबारभित्र ५ वटा चार्जिङ स्टेसन राखिएको छ। निजी क्षेत्रले करिब ८१ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका छन्।

सम्बन्धित

ताजा अपडेट
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
बालेन्द्र शाह दलको नेता चयन, प्रधानमन्त्रीको शपथ लिने बाटो खुल्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल