Birat Post शनिबार, पुष २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

गत अक्टोवर ७ मा प्यालेस्टाइनी समूह हमासले आक्रमण गरेपछि सुरु भएको इजरायल र हमासबीच युद्ध जारी छ । इजरायलले गाजामा लगातार भारी बमबारी गरिरहेको छ । बम विष्फोटमा दैनिक दर्जनौं प्यालेस्टाइनी मारिने गरेका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, विगत २४ घण्टामा कम्तीमा ११२ प्यालेस्टाइनीको मृत्यु भएको छ । यस अवधिमा १९४ जना घाइते भएका छन् ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार, दक्षिणी गाजाको रफाह सहरको पूर्वमा रहेको एक आवासीय घरमा इजरायली हवाई आक्रमणमा कम्तीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।  दक्षिणी गाजाको खान युनिसको अल–मनारा छिमेकमा एउटा गाडीमा इजरायली हवाई आक्रमणमा कम्तीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ ।  युद्धमा मारिने प्यालेस्टाइनीको संख्या तीव्र गतिमा बढिरहेको छ । पछिल्लो रिपोर्ट अनुसार इजरायली आक्रमणमा मारिएका प्यालेस्टाइनीको संख्या २३ हजार ४६९ पुगेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका र महिला रहेका छन् ।

‘सेभ द चिल्ड्रेन’को नयाँ रिपोर्टका अनुसार गाजामा झण्डै १०० दिनको युद्धपछि कम्तिमा १० हजार बालबालिका मारिएका छन् । घाइतेको कुल संख्या ५९ हजार ६०४ पुगेको छ । मन्त्रालयका प्रवक्ता अशरफ अल(केद्राले कुल घाइतेमध्ये ६,२०० गाजा बाहिर तत्काल उपचारको आवश्यकता रहेको बताएका छन्।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार गाजाका ३६ अस्पतालमध्ये १५ वटाले आंशिक रूपमा काम गरिरहेका छन् । अस्पतालहरूले विशेष शल्यचिकित्सक, न्यूरोसर्जन र सघन हेरचाह कर्मचारीलगायत स्वास्थ्यकर्मीको अभावका साथै चिकित्सा आपूर्तिको अभाव र खाना र पिउने पानीको तत्काल आवश्यकता रहेको जस्ता चुनौतीहरूको सामना गरिरहेका छन् ।

आधारभूत आपूर्ति र इन्धनको चरम अभावको सामना गर्दै दक्षिणमा आंशिक रूपमा कार्यरत नौ अस्पतालहरू आफ्नो क्षमताको तीन गुणाले सञ्चालन गरिरहेका छन् । अकुपेन्सी दर इनपेन्टेन्ट विभागहरूमा २०६ प्रतिशत र सघन हेरचाह इकाईहरूमा २५० प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल