Birat Post सोमबार, माघ ०१, २०८० मा प्रकाशित

featured photo: Birat Post

 न्यूयोर्क ,१ माघ । न्युयोर्कको जमैका समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको छ । हिलसाईड स्थित ताजमहल पार्टी प्यालेसमा आयोजना भएको अमेरिकाकै साउथ एसियन  समुदायको सबै भन्दा पुरानो न्यू अमेरिकन डेमोक्रेटिक क्लब, न्यू अमेरीकन युथ फोरम र न्यू अमेरिकन ओमेन्स फोरमद्वारा संयुक्तरूपमा आयोजित विशेष कार्यक्रममा जिपी कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई “साउथ एसियन  एक्टिभिष्ट अफ द एअर” शिर्षकमा सम्मानित गरिएको थियो।

घिमीरेले फाउन्डेशनमार्फत समाजमा पुर्याएको योगदान र अमेरिकामा दक्षिण एसियाली समुदायमा शान्ति र प्रगतिको साथ विविधतामा एकताको पुल निर्माण गरेकोमा उच्च कदर गर्दै वहाँलाई सम्मानित गरीएको आयोजक संस्थाका अध्यक्षहरू क्रमश:मोर्सद आलम,रूवीयन रहमन् र आहानाफ आलमले बताए । अध्यक्ष घिमिरे पश्चिम अफ्रिकी देश घानामा मानवीय पुरस्कार ग्लोबलले सम्मान गरेपछि यो सम्मान पाउने पहिलो नेपाली अमेरिकन हुन।

अमेरीकी संसद वासिंगटन् डिसीकालागी न्यूयोर्कबाट निर्वाचित कांग्रेस मेन ग्रेस मिंगले घिमीरेलाई छुट्टै सम्मानपत्रद्वारा सम्मानित गरेका थिए । सो कार्यक्रममा प्रमुख अतिथी माननीय कांग्रेस ओमेन ग्रेस मींग न्युयोर्कका सिनेटर ज़ोन लु, लेरोय काम्री, न्यु योर्कका ऐसेम्बली मेम्बर क्रमश : स्टिभन रागा, जोहरन मम्दानी र अलिसीया हाईन्डमान, न्यूयोर्क शहरको काउन्सिल मेम्बर क्रमश: शेखर कृष्णन, लिण्डा लि र सान्ड्रा आगं लगायत दर्जनौं निर्वाचित पदाधिकारिहरूको उपस्थिती रहेको थियो।

अमेरिकी नेपाली, वंगलादेशी, भारतीय, पाकिस्तानी, श्री लंकान भुटानिस र अफगानी र गायनीज लगायत दक्षिण एशियाई मुलुकका समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको जमघटबीच साँझ करीब ११ बजेसम्म संचालित सो कार्यक्रममा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता रामचन्द्र अधिकारी, सदस्यहरू राजीव बतास, शेखर कार्की, गीता अधिकारी, कवि र साहित्यकार कमला प्रशांई, बाल कवि कविन बिक्रम शाह, समाजसेवीहरू कमला पन्त, किरण पौडेल, पुर्व सांसद विजुल विश्वकर्मा, वरीष्ट कलाकारहरू नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष नीशा सुनार, नेपाली अमेरिकन कलाकार संघकी वरिष्ट उपाध्यक्ष वसन्ती राई, वरिष्ट लोक गायिका संगीता थापामगर, वरिष्ट लोक गायक बिमल डांगी, वरिष्ट हास्यकलाकार महादेव त्रिपाठी, १८ औं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स विजेता पार्कर दिनेश सुनार, गायक सुवर्ण शाक्य लगायत दर्जनौं नेपाली समाजिक अभियन्ता तथा कलाकारहरूको उपस्थिती रहेको थियो। फिलीपिनो नृत्य र नेपाली नृत्य एवं प्रहशनद्वारा कलाकारहरूले उपस्थित दर्शकहरुलाई भरपुर मनोरंजन दिनुका साथै नेपालको मौलिक कला र संस्कृतिले कार्यक्रमलाई थप रोमांचक बनाएको थियो।

 

 

सम्बन्धित

ताजा अपडेट
प्राथमिक उपचारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
रास्वपाको असोज १ र २ गते राष्ट्रिय भेला हुने
भारतीय कम्युनिष्ट नेता यचुरीको निधन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल